सरकारले किन लगायो राति हिड्न प्रतिवन्ध ? विवाह, ब्रतवन्धमा १५ जनाभन्दा भेला हुन नपाइने « Arthapath.com
५ असार २०७७, शुक्रबार

सरकारले किन लगायो राति हिड्न प्रतिवन्ध ? विवाह, ब्रतवन्धमा १५ जनाभन्दा भेला हुन नपाइने



काठमाडौं । सरकारले लकडाउनलाई आसिंक खुलाएपनि राति हिड्न भने प्रतिवन्ध लगाएको छ । असार १ गतेदेखी लकडाउन केही खुकुलो बनाएपनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा भने प्रतिवन्ध लगाएको छ ।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञेप्ती जारी गर्दै अत्यआवश्याक काम बाहेक हिँडडुल गर्न प्रतिवन्ध लगाएको छ । कोरोना संक्रमित बढ्दै जाँदा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भन्दै रातिमा हिँडडुल गर्न प्रतिवन्ध लगाएको हो ।

उता सरकारले विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका गरिने सामाजिक कार्यमा १५ जनाभन्दा बढी भेला नगर्न आग्रह गरेको छ । त्यस्ता कार्यमा जाँदा वा भेला हुँदा दुई मिटरको दूरी कायम गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्