विद्यार्थी नपढाए पनि निजी स्कुलले शुल्क उठाउने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

विद्यार्थी नपढाए पनि निजी स्कुलले शुल्क उठाउने



काठमाडौं । गत चैत्र पहिलोसाता देखी बन्द रहेको निजी तथा सार्वजनिक विद्यालयहरुले बन्द अवधीको पनि शुल्क लिने बताएका छन । निजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सनले लकडाउन अवधीको शुल्क तिर्न अभिभावकहरुलाई आग्रह गरेको छ ।

विद्यालय संचालकहरुको संस्था प्याव्सन र एन प्याव्सनले लकडाउनको अवधीको पनि शुल्क तिर्न अभिभावकहरुलाई आग्रह गरेको छ । कोरोनाका कारण विद्यार्थी विद्यालय जान पाएका छैनन् भने केही सिमित निजी स्कुल बाहेकले अनलाइन कक्षा समेत संचालन गरेका छैनन् ।

निजी विद्यालयलाई विद्यार्थीबाट पैसा असुल्न हतार भैसकेको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्ति जारी गर्दै सम्भव भएसम्म २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क चुक्ता गर्न माग गरेका छन ।


प्रतिक्रिया दिनुहोस्