बल्ल तोकियो व्यापारीको चुनाव, एफएनसिसिआईले साउनभित्रै नयाँ नेतृत्व पाउने « Arthapath.com
८ असार २०७७, सोमबार

बल्ल तोकियो व्यापारीको चुनाव, एफएनसिसिआईले साउनभित्रै नयाँ नेतृत्व पाउने



काठमाठौं । देशभरका व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति तय भएको छ । महासंघको गत चैत्रमा गर्नुपर्ने साधारणसभा कोरोनाका कारण स्थगित भएको थियो ।

महासंघको नयाँ कार्यसमितिको निर्वाचन साउन २५ र २६ गते हुने तयारी भएको हो । आइतबार बसेको महासंघको बैंठकले साउनमहिनाभित्रै निर्वाचन गर्ने निर्णय भएको उपाध्यक्ष चन्द्र ढकालले बताए । आइतबार बसेको पदाधिकारी बैठकले निर्वाचनको मिति तोकेको हो । सोमबार बस्ने कायकारिणीको बैठकले सोही अनुसार निर्णय गर्नेछ ।

निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधान उठ्ने घोषणा गरिसकेका छन । महासंघको विधानअनुसार नयाँ कार्यसमितिमा वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने प्रवधान रहेको छ । हाल बरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन ।


प्रतिक्रिया दिनुहोस्