७ सय ५३ स्थानिय सरकारले सवा ३ खर्वको बजेट ल्याउने « Arthapath.com
१० असार २०७७, बुधबार

७ सय ५३ स्थानिय सरकारले सवा ३ खर्वको बजेट ल्याउने



काठमाडौं । आज असार १० गते । सबै स्थानिय सरकारले आफ्नो निती तथा कार्यक्रम समाहित बजेट ल्याउन लागेका छन । देशभर रहेका ७ सय ५३ ओटा स्थानिय तहले केन्द्र र प्रदेश सरकारको अनुदान र आफ्नो स्रोत सहितको बजटे ल्याउन लागेका हुन ।

मुलुकमा ३ तहको सरकार मध्ये संघ र प्रदेश सरकारले यसअघिनै बजेट ल्याइसकेका छन । स्थानिय तहले आव २०७७÷७८ को वार्षिक निती तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दैछन । स्थानिय तहले केन्द्र र प्रदेशलेझै कोरोना नियन्त्रणमा फोकस गर्ने गरी बजेट ल्याउन लागेका छन ।

अहिले देशमा कोरोनाका कारण बेरोजकार बनेका युवालक्षित कार्यक्रम ल्याउनुपर्ने स्थानिय सरकारसंग चुनौती रहेको छ । देशभर रहेका ७ सय ५३ स्थानिय सरकारले आफ्नो गाउँ वा नगरसभामा निती तथा कार्यक्रमसहित कजेट प्रश्तुत गर्नुपर्ने छ । स्थानिय तहलाई केन्द्र सरकारले दिएको अनुदान र स्थानिय स्रोत समेत गरी तहमा करीव ३ खर्ब ३० अर्ब हाराहारीको बजेट आउने छ ।


प्रतिक्रिया दिनुहोस्