होटल व्यवसायी महासंघको १४ बुँदे माग : पुरा नभए आन्दोलन गर्ने चेतावनी « Arthapath.com
११ असार २०७७, बिहीबार

होटल व्यवसायी महासंघको १४ बुँदे माग : पुरा नभए आन्दोलन गर्ने चेतावनी



काठमाडौं । होटल व्यवसायी महासंघले १४ बुँदे माग राखेको छ ।


कोरोना भाइरस महामारीका कारण सबै होटल बन्द भएको र सरकारले होटल व्यवसायीलाई राहात पुग्र्ने काम नगरेको भन्दै होटल व्यवसायी महासंघले १४ बुँदे माग राखेको हो ।

काठमाडौमा विहिवार आयोजीत पत्रकार सम्मेलनमा साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई माग गरेका छन ।


कोरोना भाइरसको यस्तो विषम अवस्थामा आफनो माग सरकारले सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी होटल व्यवसायीहरुले दिएका छन ।

होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले कोभिड १९ को विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरु बीच विभेदपुर्ण व्यवहार गरेको बताए ।


विदेशबाट आउने नागरीकलाई होटलमा राख्दा पनी सरकारले साना होटललाई विभेद गरेको उनले बताए ।

शाहले विदेशबाट आउने नागरीकको इन्छा अनुसार साना होटलमा पनी क्वारेन्टाइन बस्न पाउनु पर्ने बताएका छन ।

त्यसैगरी व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन ।


प्रतिक्रिया दिनुहोस्