शुक्रबार सुन तोलाको ५ सय रुपैयाँले घट्यो « Arthapath.com
१२ असार २०७७, शुक्रबार

शुक्रबार सुन तोलाको ५ सय रुपैयाँले घट्यो




काठमाडौं ।शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलाका ५सय रुपैयाँ घटेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारेबार भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारमात्र तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार ५ सय रुपैयाँ घटेको छ ।

यस्तै चाँदी पनी तोलामा ५ रुपैयाँ वृद्धि भएको छ ।

आज चाँदी एक तोलाको ९ सय ४० रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्