मंगलबार कोरोना संक्रमितको संख्या घट्यो, राजधानीमा बढ्यो « Arthapath.com
१६ असार २०७७, मंगलवार

मंगलबार कोरोना संक्रमितको संख्या घट्यो, राजधानीमा बढ्यो



काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा घटेको छ । मंगलबार नेपालमा ३१६ जनामा कोरोना देखिएको छ भने राजधानीमा हिजो ८ जनामा कोरोना देखिएकोमा आज बढेर १४ जना पुगेका छन ।

सोमबार ४ सय ४६ जनामा संक्रमण देखिएपनि मंगलबार भने १ सय १ सय ३० जना कम देखिएका छन । त्यसतै हिजो सोमबार राजधानी उपत्यकामा ८ जनामा कोरोना देखिएकोमा मंगलबार १४ जना पुगेका छन ।

यो संख्या सहित नेपालमा १३ हजार ५ सय ६४ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी काठमाडौंमा १२ जना, ललितपुरमा एक र भक्तपुरका एक जना संक्रमित भएको पुष्टि भएको हो । कोरोना जितेर डिष्चार्ज हुनेको संख्या तीन हजार १९४ जना रहेका छन ।


प्रतिक्रिया दिनुहोस्