ओली र प्रचण्ड छलफलमा « Arthapath.com
१९ असार २०७७, शुक्रबार

ओली र प्रचण्ड छलफलमा




काठमाण्डौ । पार्टीभित्रको विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का दुई अध्यक्ष विच छलफल भइरहेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको हो । आज शुक्रबार स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष विच छलफलमा भइरहेको छ ।


पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । दोस्रो तहका नेताहरुले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि नेकपाभित्र विवाद बढेको हो ।


प्रतिक्रिया दिनुहोस्