कुखुराको मासु र अण्डामा मूल्यवृद्धि
काठमाडौं। कोरोना भाइरस महामारीका कारण देशमा भएको लकडाउनले कुखुरा उत्पादन घट्दा मासु र अण्डा दुवैको माग उच्च भएको छ ।
तर माग अनुसारको आपूर्ति कम रहेको छ ।त्यसैले अहिले बजारमा मासु र अण्डा दुवैको भाउ बढ्न थालेको छ ।
अहिले बजारमा जिउँदो कुखुरामा प्रतिगोटा १० रुपैयाँ, तयारी मासुमा १५ रुपैयाँ र अण्डाको क्रेटमा मा २५ रुपैयाँसम्म मूल्य बढेको छ ।
हाल बजारमा कुखुराको मासु प्रतिकेजी ३७५ रुपैयाँ छ। जिउँदो कुखुरा प्रतिकेजी २६० पुगेको छ भने अण्डा क्रेटको ३६५ रुपैयाँ पुगेको छ ।