अर्थ राजनीति

आइतबार नेप्सेमा सामान्य सुधार

ashirbad prabhu bank

आइतबार नेप्सेमा सामान्य सुधार

काठमाण्डौ – आज आइतबार केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार परिसूचक नेप्से
सामान्य बढेको छ ।


नेप्से आज नौ दशमलव ३५ अङ्कले बढेर १२ सय ६५ दशमलव ४५ बिन्दुमा पुगेको छ । आज ट्रेडिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र म्युचल फण्ड समूहको शेयर सामान्य घटेको छ भने अरु सबैजसो समूहको शेयर सामान्य बढेको छ ।


आज सबैभन्दा धेरै जीवन बीमा समूहको शेयर २ सय १२ अङ्कले बढेको छ । आज एक अर्ब तीन करोड रुपैयाँ बराबरका २८ लाख ६ हजार कित्ता शेयर किनबेच भए ।


आज सूर्योदय जन उत्थान लघुवित्तका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन । तर सेन्ट्रल फाइनान्स र साल्ट ट्रेडिङका शेयरधनीले १० प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।


Prabhu Money Trasnfer

    "आइतबार नेप्सेमा सामान्य सुधार" लागि
    प्रतिक्रिया दिनुहोस्

सम्बधित समाचार