ठमेलका ३५० व्यवसायीले घरभाडा र बिजुलीको बिलमा पाउने भए आधा छुट « Arthapath.com
२३ असार २०७७, मंगलवार

ठमेलका ३५० व्यवसायीले घरभाडा र बिजुलीको बिलमा पाउने भए आधा छुट



काठमाडौं। नोभल कोरोना भाइरस कोभिड १९ का कारण समस्यामा परेका ठमेलका तीन सय ५० व्यवसायीले घरभाडा र विद्युत महसुलमा ५० प्रतिशत छुट पाउने भएका छन्।


ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल, होटल संघ नेपाल लगायत विभीन्न २१ वटा व्यवसायिक संघसंस्था र भाडा लिँदै आएका ९० प्रतिशत घरबेटीबीच यस्तो समझदारी भएको छ ।


संस्थाले अब मझौला र र ठूला ऋणीको ब्याज घटाउनका लागि पनी सक्दो प्रयास गर्ने बताएको छ ।
ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालका अध्यक्ष खुम सुवेदीका अनुसार घरभाडामा ५० प्रतिशत छुट दिने विषयमा ठमेलका धेरै घरपेटीहरु सकारात्मक रहेका छन ।


नोभल कोरोना भाइरस कोभिड १९ को कारण ठमेल लगायतका क्षेत्रमा रहेका व्यवसायीहरु समस्यामा परेर ७० वटा कोठा तथा सटरहरु खाली भएको अनुमान गरीएको छ ।


प्रतिक्रिया दिनुहोस्