नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित « Arthapath.com
२४ असार २०७७, बुधबार

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित



काठमाण्डौ – सत्तारुढ नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।


बैठक २६ गते शुक्रबारसम्मको लागि स्थगित भएको छ ।


गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेपछि स्थायी कमिटी बैठक प्रभावित भएको छ ।


पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्