पेट्रोलियम पदार्थमा अटो प्राइसिङु नभइ व्यवहारिक रुपमै मूल्य वृद्धि भएको हो :निगम « Arthapath.com
२८ असार २०७७, आईतवार

पेट्रोलियम पदार्थमा अटो प्राइसिङु नभइ व्यवहारिक रुपमै मूल्य वृद्धि भएको हो :निगम



काठमाण्डौ – नेपाल आयल निगमले अहिले पेटोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य बढेका बताएको छ ।


दुई साता नपुग्दै दुई पटक मूल्य वृद्धि भएको भन्दै आलोचना भइरहेको बेला निगमले ‘अटो प्राइसि’ भन्दा पनि व्यवहारिक रुपमा नै समायोजन भएको बताएको छ ।

हरेक १५ दिनमा समायोजन गर्नुपर्ने प्रक्रियाअनुसार अहिले पेट्रोलको मूल्य एक सय पाँच रुपैयाँ ५० पैसा, डिजलरमट्टीतेलको ९१ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य १४ सय पाँच रुपैयाँ हुने भए पनि व्यवहारिक रुपमा समायोजन हुँदा पेट्रोल एक सय दुई, डिजलरमट्टीतेल ८८ र एलपी ग्यासको मूल्य १३ सय ७५ रहेको निगमले जनाएको छ ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले १६ जुलाईमा अटो मेकानिजमले दुई रुपैयाँ बढाउन भने पनि निगमले त्यसो नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अटो प्राइसिङमा दुई रुपैयाँभन्दा बढी घटाउन नमिल्ने अवस्थामा पनि एकैपटक १० रुपैयाँ घटाएका छौँ सञ्चालक समितिको निर्णयबाट । घटाउनु भनेको ठाउँमा घटाएका छौँ तर बढाउनुपर्ने ठाउँमा बढाएका छैनौँ ।’


प्रतिक्रिया दिनुहोस्