एफएनसिसिआई चुनाव : ढकालको उम्मेद्वारी घोषणा, यस्ता छन प्रधान र ढकालका सारथी
उषा रेग्मी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढेको छ । मंगलबार बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले औपचारिक उम्मेद्वारी घोषणा गर्न लागेका हुन ।
राजधानीको बालुवाटरामा रहेको गोधुली पार्टी प्यालेसबाट ढकाललको टिम घोषणा हुनेछ । ढकालसंग बरिष्ठ उपाध्याक्षमा प्रतिस्प्रर्धा गर्न लागेका किशोर प्रधान समुहको उम्मेदवारी घोषणा पनि यसैसाता हुने जनाइएको छ । प्रधान समूहको प्यानल तयारीमा जुटेकाले केही दिनमै घोषणा हुने जनाइएको छ ।
ढकालको प्यानलमा को को छन ?
ढकाल समूहले मंगलबारै आफ्नो टिम सार्वजनिक गर्न लागेको बताइएको छ । टकाल टिमबाट जिल्ला–नगरउपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई तय भैसकेको छ ।
प्रधान प्यानलमा को को छन ?
उता किशोर प्रधान समूहले टिम घोषणा नगरेपनि जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा शौरभ ज्योति भिड्ने भएका छन ।