३ घण्टा बस्दा पनि नेकपा अध्यक्षद्वयको कुरा मिलेन, स्थायी कमिटी बैठक शुक्रबारदेखी « Arthapath.com
१ श्रावण २०७७, बिहीबार

३ घण्टा बस्दा पनि नेकपा अध्यक्षद्वयको कुरा मिलेन, स्थायी कमिटी बैठक शुक्रबारदेखी



काठमाडौं । नेकपा पार्टी भित्रको आन्तरीक विवाद अझै मिलेको छैन । २ सातादेखीको नेताहरुको रसाकसी अझै साम्य भएको छैन । १ साता केही मथ्थर भएको जस्तो देखिए पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डविच कुरा मिल्न सकेको छैन ।

आज प्रचण्डले बरिष्ठ नेता माधव नेपाललाई समेते संगै लिएर बालुवाटार बैठकमा गएपछि प्रचण्डपक्षले प्रधानमन्त्रीको राजिनामा दोहोर्याएका थिए । ओलीले आफु प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा नदिने बताएपछि दुई नेता विचको वार्ता निष्कर्शमा पुग्न सकेको थिएन ।

बिहीबार तिन नेताविच ३ घण्टा छलफल भएपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालसहितका नेताहरुबीच छलफल भएको थियो । तर ओलीपक्ष राजिनामा नगर्ने र प्रचण्डपक्षको बटमलाइन राजिनामा रहेकाले कुरा मिल्न नसकेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्