शुक्रबार सुनचाँदीको भाउ घट्यो « Arthapath.com
२ श्रावण २०७७, शुक्रबार

शुक्रबार सुनचाँदीको भाउ घट्यो




काठमाडौं । शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ ।


विहिबार १ सय रुपैयाँले घटेको सुन आज शुक्रबार पाँचसय रुपैयाँले घटेर तोलामा ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी शुक्रबार चाँदी तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्