नेताहरुको मानवता विरोधी अपराध र पछिल्लो पुस्ता « Arthapath.com
४ श्रावण २०७७, आईतवार

नेताहरुको मानवता विरोधी अपराध र पछिल्लो पुस्ता



काग्रेंस भित्र प्रजातन्त्र कम्युनिष्ट भित्र कम्युनिजमको अपेक्षा जसले गर्छ तेसले पिडा मात्रै पाउछ । अहिले ती नामहरु टे्रडमार्क हुन । टोपीको कुरा नगरौ भने झै च्याखे थाप्ने अरुदल निर्णायक छैनन हुने कुरा भएन । हामी जनता पनि अव विशुद्ध जनता रहेनौ बाजेको पुस्ताको मुर्खताको गालीठोक्ने विचारहिन पुतला बनेका छौ ।

जानुका धमला

म टीन एजमा टेक्न थाल्दा अघिल्लो तिस बर्षे पन्चायती ब्यबस्था ठ्याक्कै ढलेको थियो । त्यो ब्यबस्था किन ढल्यो त्यसका एतिहासिक, सामरिक, भूराजनैतिक कारणहरुको समिक्षा गर्न नपाउदै मेरो पुस्ताले एक पछी अर्का ज्वारभाटा र आधिहरु व्यहोर्यो । ति आधि र ज्वारभाटाहरु कुनै राजनीतिक थिए, कुनै प्राकृतिक। तर मुलत ति राजनीतिक नेत्रित्वोको मानबता बिरोधि आपराधिक मानसिकताका कारण मेरो पुस्ता माथि थोपरिएका थिए ।

अहिले सम्झदा लाग्छ म तेही पुस्ताको मान्छे हुँ जसको विपक्षमा जीबन खर्च भयो त्यो मान्छेहरु अहिले मेरो अवस्था देखेर तिघ्रा ठटाएर हासिरहेको आभास हुन्छ । मेरा आफन्तहरु पनि रत्यौली खेल्दै बिना टिकटमा तमासा दुनियालाई देखाईरहेका छन । यो प्रकृयाको लागि म संग प्रतिबाद गर्ने शब्दहरु पनि छैनन अहिले । यो देशमा आज भोलि सधैको लागि दलाल भ्रष्टचारीहरुलाई सदाको लागि अन्त्य गरौ भनेर आवाज बुलन्द गर्न मन छ ।

काग्रेंस भित्र प्रजातन्त्र कम्युनिष्ट भित्र कम्युनिजमको अपेक्षा जसले गर्छ तेसले पिडा मात्रै पाउछ । अहिले ती नामहरु टे्रडमार्क हुन । टोपीको कुरा नगरौ भने झै च्याखे थाप्ने अरुदल निर्णायक छैनन हुने कुरा भएन । हामी जनता पनि अव विशुद्ध जनता रहेनौ बाजेको पुस्ताको मुर्खताको गालीठोक्ने विचारहिन पुतला बनेका छौ ।

मेरो र पछिल्लो पुस्ताले यो बुझेन बाजेको पुस्ताको लागि सडक जाम गर्न जाँदै गर्दा मैले मेरो ३ पुस्ताको लागि फेरी देश बाजेहरुको पुस्तालाई हस्तारण गर्दे छु वा फेरी पनि सार्बभौम देशलाई विदेशीको गुलामी तर्फ घकेल्दै छु । अवको युवा पुस्ताको जिम्मेवारी भनेको बाजेको पुस्ताले कब्जा गरेको राजनैतिक अधिकार बिधिसंगत रुपमा आफनो पुस्तामा फिर्ता गरेर युवा जोस जागरमा देशमा विकासको मुल फुटाउनु हो । स्वाधिन आत्मनिर्णको अधिकार सहित देश विकासमा दिलो ज्यान दिएर लाग्नु हो बिडम्बन त्यो बुझाई अझ पनि मेरो र पछिल्लो पुस्तामा पनि उर्जागर हुन नसक्दा अनुमान के गर्न सकिन्छ भने यो पुस्ता पनि बाजेकै हरिकृर्तन गाएर बस्ने छ ।

एक पटक होइन ३ पटक राजनैतिका फेल भएका बाजेको पुस्तामा अब पनि भरोसा गर्ने हो भने नेपाल र नेपाली जनताको अवस्था निकै भयाबह अवस्थाबाट गुर्जने छ । हो बाजेको पुस्ताले राज्य सत्तालाई सजिलो संग छोडने अबस्थामा छैनन । अहिलेको राजनैतिक अव्स्था हेर्दा लाग्छ बाजेको पुस्ता मृत्यु परन्त पनि पदलाई लिएर जान तयार छ आर्यघाटसम्म । वाजेको पुस्ताले हो मेरो बाको पुस्ता मेरो पुस्ता र म पछिको पुस्तालाई पनि अन्धकार भुमरीमा धकेलेको ।

७ साल सकियो तेसको उपलब्धी सुन्य भयो ४७ साल सकियो तेसको पनि खासै उपलब्धी हासिल भएन जनताले केही राहातको अनुभुति गर्न पाएनन । देशमा ४७ सालमा उपलब्धी हासिल गर्न नसक्ने अवस्था छ भनेर गृहयुद्धको घोषणा भयो त्यो अन्तत ६२,६३ मा.गएर टुगियो पछिल्लो राजनैतिक अवस्था देख्दा ६२,६३ पनि सकिने संकेत देखिएको । बाजेको पुस्ता भन्छ आफैले बनाएको निति नियम मान्ने पदैन कानुन भन्दा माथि म हुँ मैले विधिविधान नमान्दा पनि केही फरक पदैन भन्ने अभिप्रायले जब गाज्छ तब थाहा हुन्छ की बाजेके पुस्ताले न बाको पुस्तालाई मुक्ति दियो न मेरो पुस्तालाई न म पछिको पुस्तालाई नै ।

यो मेरो पुस्ताको आवाज हो । मेरो पुस्ताले भोगेको कुरा मेरो सैदान्तिक जलपले पुरेर अर्कै कुरा मैले लेख्नु मेरो कलमको गरिमा बिरुद्द हुन्छ म स्पस्ट भाषामा मेरो पुस्ता र पछिल्लो पुस्ताको आवाज लेख्दै छु ।

साचै मेरो बाजेको पुस्ता राणाकालको लागि लडे बाको पुस्ता पंचायत विरुद्ध लडयो मेरो पुस्ताले संसदीय राजतन्त्रको विरुद्धमा लडयो जति लडे पनि वा विद्धोह गरे पनि पात्र परिवर्तन हुदैमा केही फरक नपर्ने कुरा पछिल्लो समय २०४७ साललाई समाप्त पारेर सत्ताको भत्तामा रमाएको पुस्पकमल दाहाल लगायतको सत्ता मोहले पनि प्रमाणीत गरेको छ । उनीले हिजो जनयुद्ध ताकाको मुल्यमान्यतालाई तिलान्जली दिएर संसदीय ब्यवस्थमा लिप्त भए पछि उनका लागि हिजो मर्न तयार भएको कार्यकताहरु पाखा लगाए सोझो र इमान्दारको ठाउँमा दलाली भ्रस्टचारी ठेकेदार कम्पनीका मालिकहरुको राज चल्यो उनीहरुले त्यो अवसरको राम्रो फाइदा उठाए । अवसरबादीहरुले गर्ने नै तेही हो ताक परी तिवारी नत्र गोदामे भन्ने नेपाली उखानले चलितार्थ गरिदिन्छ ।

सन् १९९० को जनान्दोलन पछीका ३० बर्षमा मेरो देशको शासनको बागडोर सम्मालेकाहरुले मेरो पुस्ता बिरुद्द के कस्ता मानबता बिरोधि जघन्य अपराधका योजना बनाएछन र मेरो पुस्ताले आफ्नो जीवनको पछिल्लो चार दशक समय कसरी खेर फालेछ अहिले हिसाब गर्दा बाकि जीवन पनि अध्यारो देखिन्छ ।

त्यो पुस्ताका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, साहना प्रधान र मनमोहन अधिकारी जस्ता सापेक्ष इमान्दार नेत्रित्वोलाइ राजनैतिक रुपमा पाखा लगाइयो र मदन भण्डारी जस्तो भिजनरी नेत्रित्वोको षड्यन्त्रपुर्बक हत्या नै गरियो। बहुदलीय राजनीतिको पक्ष प्रतिपक्षका मुख्य खेलाडीहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउबा, माधब नेपाल, के पी शर्मा वोलीहरु पालैपालो त्यो व्यबस्थाको रसास्वादन गर्न थाले ।

आफ्नै स्पस्ट बहुमत हुदाहुदै गिरिजाप्रसाद कोइरालाले आफ्नो सरकार ढाले राजनीतिक अस्थिरता र भ्रस्टाचारको सस्थागत बिउ रोपे र त्यसलाई उनकै पार्टीका शेरबहादुर देउबा लगाएतको टोलिले अर्को रुपमा निरन्तरता दिए । कांग्रेस भित्रको अन्तरविरोधबाट फाइदा उठाउँदै अल्पमतको पहिलो बामपन्थी सरकार निर्माण गरेको एमाले देशभरी गैर सरकारी सस्थाहरुको जालो फैलाउदै आफ्नो नया शासक बर्ग निर्माण गर्न थाल्यो र कांग्रेस एमाले दुबैको कमजोरीबाट भित्र भित्रै उकुस मुकुस जनताको विद्रोही चेतलाई संगठित गर्दै डा बाबुराम भट्टराई लगाएतको टिम ससस्त्र संघर्षको तयारीमा लाग्यो ।

युवा उमेरमा प्रवेश गरेको मेरो पुस्ताले फेरी एकपटक एक्काइसौं शताब्दीको पहिलो दशकको मध्यतिर निरङ्कुश राजतन्त्र र दश बर्षे गृहयुद्द दुवै बिरुद्द शान्ति र लोकतन्त्रको झण्डा समात्यो । पहिलो दशक भित्रै फेरी लोकतन्त्र र शान्तिको मार्गको सस्थागत गरेर न्याय र सम्रिद्दीको यात्रा गर्ने मेरो पुस्ताको सपना पुरा भएन ।

एक्काइसौं शताब्दिको तेश्रो दशक बिस्वो मानब समुदायको लागि चुनौतीपूर्ण भएर आएको छ। पहिलो चार महिना नबित्दै बिस्वोभरि फैलिएको कोभिड १९ नामक महामारीको संक्रमणले ५लाख बढीले ज्यान गुमाएका छन्। तिन मिलियेन आसपास प्रभावित छन्। यो महामारीबाट मेरो देश पनि प्रभाब बिहिन छैन । दुर्भाग्यको कुरा बिस्वो स्वास्थ्य संगठनले जारी गरेका मापदण्डहरु समेत उलंघन गरेर मेरो देशका शासकहरु आफ्नो सत्ता टिकाउने र गिराउने खेलमा छन् ।

शासकहरु महामारी बिरुद्द लड्ने अत्यावश्यक मेडिकल सामग्रीमा भ्रस्टाचार गर्छन, आफ्नो शासन लम्ब्याउन र जोगाउन राजनीतिक अपहरणहरु गर्छन । तर सर्बसाधारणको अवस्थाबारे चिन्ता गर्दैनन् । युद्द, भोकमरी, भूकम्प र महामारीलाइ समेत आफ्नो राजनीतिक दुनो सोझ्याउने मध्यम बनाउनु भन्दा चरम मानबतावादी अपराध अरु के हुन सक्ला ?

विश्वले र मेरो देशले पनि उपयुक्त समयमा पछिल्लो महामारी विरुद्ध अबश्य विजय हासिल गर्ला तर यो राजनीतिक अपराध वा नेताको मानसिकता भित्रको मानाबताबिरोधि अपराधका श्रृंखलाबाट कसरी मुक्ति मेरो देशको मेरो पुस्ता र म पछिको पुस्ताले नै तिस बर्ष यता व्यहोरिरहेका राजनीतिक भाइरसहरु नियन्त्रण गर्ने भ्याक्सिनको पनि अनुसन्धान गर्नु पर्ने बेला भएको छ ।
अनि मात्रै यो अध्यारो पछी अर्को पुस्तालाई सुनौलो बिहान आउनेछ । सुनौलो विहानीको लागी युवा सडकमा होइन नीतिनियम र पद्धतीमा सहभागि नभैकन देश विकास सम्भब नै छैन । ब्यक्तिलाई होइन नीतिलाई आत्मसाथ गरौ । संम्वृदी हाम्रो पालामा पनि संम्भब छ की ?


प्रतिक्रिया दिनुहोस्