नेकपाको स्थायी कमिटी बैंठक फेरी स्थगित, मंगलबार बस्ने
काठमाडौं । पार्टीभित्रको आन्तरीक किचलो मिलिइनसकेकाले नेकपा स्थायी कमिटि बैंठक पुन मंगलबारसम्म स्थगित भएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी समिति बैठक साउन ६ गते मंगलबारका लागी सरेको हो । हिजो शनिबार राष्ट्रपती विद्यादेवी भण्डारीलाई साछी राखेर आगामी मंङ्सिरमा एकता महाधिवेसन गर्ने ओलीको प्रश्तावमा केही नेताले अझै मानेका छैनन । हिजोको शनिबार भएको सचिवालय बैठकले पार्टी महाधिवेसनमा जुट्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजिनामा मागेपछि नेकपा स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । ओलीले दुबै पद नछोड्ने तर महाधिवेसन गर्ने सचिवालय बैठकलाई जानकारी गराएका थिए ।