आइतबार थप १५६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १७ हजार नाघ्यो « Arthapath.com
४ श्रावण २०७७, आईतवार

आइतबार थप १५६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १७ हजार नाघ्यो




काठमाण्डौ –आइतबार देशभर थप १सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरीएको परीक्षणमा जम्मा १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै हालसम्म १७ हजार ६ सय ५८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

आज कोरोना सङ्क्रमण निको भएर घर फकनेको संख्या ५८ जना रहेको छ ।

त्यसैगरी ४० जनाको कोरोना भाइरसबाट मुत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्