प्रचण्डको अध्यक्षतामा बस्यो नेकपा स्थायी कमिटी बैठक ,प्रधानमन्त्री ओली अनुपस्थित « Arthapath.com
१३ श्रावण २०७७, मंगलवार

प्रचण्डको अध्यक्षतामा बस्यो नेकपा स्थायी कमिटी बैठक ,प्रधानमन्त्री ओली अनुपस्थित



काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको छ ।


बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने ुपस्थित भएका छैन्न ।


मङ्गलबार बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गर्नुभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत व्यक्ति बालुवाटार पुगेर बैठक सुरु गरेका हुन् ।


अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु बैठकमा नियमित एजेण्डामा छलफल सुरु भएको सहभागी नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्