आइतबार थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौं । आइतबार देशभर थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २सय ४६ जना संक्रमित भेटीएका छन।
यो संगै कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।
त्यस्तै आज कोरोना संक्रमण निको भएर १ सय ११ जना डिस्चार्ज भएर घर फकेका छन ।
। हालसम्म कोरोना भाइरस कोभिड १९बाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६सय ३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ