एफएनसिसिआईको निर्वाचन तोक्न ६ सदस्सीय कार्यदल, एकलौटी चुनाव रोकिएकोमा ढकालपक्ष आक्रोसित « Arthapath.com
२१ श्रावण २०७७, बुधबार

एफएनसिसिआईको निर्वाचन तोक्न ६ सदस्सीय कार्यदल, एकलौटी चुनाव रोकिएकोमा ढकालपक्ष आक्रोसित



उषा रेग्मी /अर्थपथ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन तोक्न ६ सदस्सिय कार्यदल बनेको छ । आज बुधबार दिउसो साँढे २ बजेदेखी सुरु भएको जुम बैंठकले दुबै पक्षबाट ३÷३ जना सम्मिलित ६ जनाको कार्यदल बनेको छ ।

सभा सम्मेलन गर्ने उपयुक्त समय नभएको भन्दै कार्यसमितिको बैंठकले गत साउन ११ गते साधारणसभा स्थगित गरिएको थियो । बुधबार बसेको बैठकले बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको टिमबाट डिवी बस्नेत, विनोद ढकाल र भरत आचार्य तथा किशोर प्रधान पक्षबाट अरुण सुमार्गी, रंजित आचार्य र सुनिल गोपाल श्रेष्ठ सहितको कार्यदल गठन भएको महासंघका केन्द्रीय सदस्य राजनलाल श्रेष्ठले जानकारी दिए ।

६ सदस्यीय कार्यदलले कोरोना जोखिम कम हुनेगरी कसरी निर्वाचन गर्ने भन्ने बारेमा अध्यायन गरेर कार्यसमिति बैठकमा पेश गर्नेछन । र आगामी कार्यसमिति बैठकले निर्वाचन मिति तोक्नेछ । बैंठकमा चन्द्र ढकाल पक्षीय केन्द्रिय सदस्यहरुले एकलौटी रुपमा कार्यसमितिको अधिकारभन्दा बाहिर गएर निर्वाचन सारिएकोमा आपत्ती जनाएको थियो ।

राजधानी लगायत देशका मुख्य शहरमा कोरोनाको संक्रमित बढेकाले सरकारले ठुला सभासम्मेलन गर्न अझै रोक लगाएको छ । उता ढकाल पक्षले भने सामाजीक दुरी अपनाएर र सुरक्षा सर्तकर्ता अपनाएर भएपनि निर्वाचन गर्न माग गरेको छ । प्रधानपक्षले सरकारी निर्णयको अवज्ञा गर्न नहुने अडान लिएको छ ।


प्रतिक्रिया दिनुहोस्