बिहिबार सुन तोलामा ११ सयले बढ्यो
काठमाण्डौ । बिहिबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
आज एकैदिन सुन तोलामा ११ सय रुपैयाँ बढेर तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा १६ सय रुपैयाँले बढेर तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।



















