काठमाडौं उपत्यकामा ४३ सहित ३ सय ३८ जनामा देखियो कोरोना « Arthapath.com
२६ श्रावण २०७७, सोमबार

काठमाडौं उपत्यकामा ४३ सहित ३ सय ३८ जनामा देखियो कोरोना



काठमाडौं । काठमाडौं उपत्यकामा ४३ जनामा सोमबार कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३६, ललितपुरमा ४ र भत्तपुरमा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर थप ३३८ जनामा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाइएको छ । देशभर ८ हजार ४३२ कोरोनाको परिक्षण गर्दा ३३८ जनामा संक्रमण भएको हो ।

नेपालका जम्मा कोरोना संक्रमितको २३ हजार ३१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्