होटल र रेष्टुराँमा बसेर खान प्रतिबन्ध « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

होटल र रेष्टुराँमा बसेर खान प्रतिबन्ध



काठमाडौं । अवदेखी होटल तथा रेष्टुराँ सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने तर प्याक गरेर मात्रै लैजाने पाउने (टेक अवे) निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् ।

त्यसैगरी भदौ १ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड हुने गरी छोटो, मध्यम र लामो दूरीका तथा अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यातायात सवारी साधन चल्ने दिने भनिएकोमा त्यसलाई संशोधन गरी भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्