बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण



काठमाडौं । बुधबार देशभर थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार देशभर थप ४ सय ८४ जनामा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाइएको छ ।

नेपालका जम्मा कोरोना संक्रमितको २४ हजार ४३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै विगत २४ घण्टामा ६४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भइ घर फर्किका छन्।

त्यस्तै आज काठमाडौंमा मात्र १ सय ९ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्