कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं आवागमनमा रोक « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं आवागमनमा रोक



काठमाडौं । राजधानी काठमाडौंमा कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले काठमाडौं नाका पुर्ण रुपमा बन्द गरेको छ ।

ट्राफिक प्रवक्ता एसपी बामदेव गौतमका अनुसार सरकारले अन्तर जिल्ला पास पनि बन्द गरेकाले उपत्यका प्रवेशमा कडाइ गरिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकामा आवागमन पुर्ण प्रतिवन्ध लगाइएको ट्राफिक प्रवक्ता गौतमले बताए । उनले भने ‘सरकारले तोकेका अत्यआवश्यक बाहेक सबै सवारी आवागमन बन्द गरिएको छ ।’

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमित संख्या बढ्न थालेपछि राजधानीको स्वास्थ्य सुरक्षा अपनाउन सबै जिल्ला प्रशासनले अन्तर जिल्ला सवारी आवागमन पास बन्द गरेका छन । अजव काठमाडौं भित्रिन र बाहिरिन आत्यआवश्यक बाहेक पुर्ण प्रतिवन्ध लगाइएको छ ।

गृह मन्त्रालयले हिजो बुधबार साउन २८ गते देशका ७७ जिल्ला प्रशासन कार्यालयलाई अन्तरजिल्ला पास बन्द गर्न निर्देशन गरेको थियो । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने ट्राफिक प्रवक्ता गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्