मानव अधिकार आयोग: विदेशमा सङ्कटमा परेका नेपालीको तत्काल उद्धार गर « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

मानव अधिकार आयोग: विदेशमा सङ्कटमा परेका नेपालीको तत्काल उद्धार गर



काठमाडौं । विदेशमा रहेका नेपाली कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

विदेशमा रहेका नेपाली कामदार कोरोना महामारीको चपेटामा परेको विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन सार्वजनिक गर्दै आयोगले तत्काल निशुल्क उद्धार गर्न सरकारसंग आग्रह गरेको हो ।

गन्तव्य देशले एकतर्फी रुपमा करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्नेलगायतका गैरकानुनी काम गरिरहेकोले यसको समाधान गर्न तत्काल कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको हो ।

काम गरेको अवधिको पूरा तलब, सुविधा र भुक्तानी नदिने, मापदण्डभन्दा धेरै समय वा जोखिमयुक्त अवस्थामा काम गराउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सङ्कटमा परेका नेपालीलाई स्वदेश फर्काउनको लागि हवाई टिकटको रकम श्रमिकले नभइ सरकारले नै व्यहोर्नुपर्ने पनि आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्