पोखरामा ८७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

पोखरामा ८७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको मृत्यु मंगलबार बिहान १०ः४० बजे भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना गरिएकोमा उनलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो ।


प्रतिक्रिया दिनुहोस्