बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, यस्ता छन् आजका एजेण्डा « Arthapath.com
६ असार २०८२, शुक्रबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, यस्ता छन् आजका एजेण्डा



काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

मुुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि थप रणनीति बनाउन मन्त्रिपरिषद बोलाईएको स्रोतले बतायो । यसअघि सोमबार पनि नियमित मन्त्रिपरिषद बैठक बसेको थियो ।

आजको बैठकले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । प्रधानमन्त्रीले थप रणनीति बनाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई यसअघि निर्देशन दिइसकेका छन् ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने एजेण्डा लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।


प्रतिक्रिया दिनुहोस्