गृहमन्त्रीसहितको टोली राहत सामग्री लिएर अछाममा « Arthapath.com
५ भाद्र २०७७, शुक्रबार

गृहमन्त्रीसहितको टोली राहत सामग्री लिएर अछाममा



काठमाडौं । राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अछामको रामारोशन गाउँपालिका पुगेका छन् । सेनाको एमआई–१७ हेलिकप्टरमार्फत राहत सामग्री लिएर अछामको रामारोशन गाउँपालिका पुगेका हुन् ।

टोलीमा नेकपाका सुदूरपश्चिम ईन्चार्ज भीम रावल, सांसद शेरबहादुर कुँवर, र तारामान स्वार, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुबेदी, सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई, विपद जोखिम न्युनीकरण प्राधिकरणका प्रमुख अनिल पोख्रेल रहेका छन् ।

राहातसामग्री नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएको छ भने ११ त्रिपालको व्यवस्था नेता भीम रावलले गरेका छन । सो राहात सामाग्रीमा खाद्यान्न भाँडाकुडा, त्रिपाल लगाएका सामाग्री छन् । अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता रहेका छन् । बाढीपहिरोले रामारोशनका दर्जनौँ परिवार घरबार विहीन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्