भन्सारका कर्मचारी र नेपाल आयल निगमका गरि ५३ जनामा कोरोना « Arthapath.com
८ भाद्र २०७७, सोमबार

भन्सारका कर्मचारी र नेपाल आयल निगमका गरि ५३ जनामा कोरोना



काठमाडौं । नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७ महिलासहित ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु साढे २ वर्षदेखि ७२ वर्ष उमेर समूहका रहेका अस्पताल स्रोतले जनाएको छ ।

५३ जना संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा भदौ ६ गते ८१ जनाको स्वाब संकलन भएको थियो । जसमध्ये १६ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष कृष्णबहादुर ठकुरीले जनाए । उनका अनुसार १६ जनामध्ये ९ जना नेपाल आयल निगमका कर्मचारी हुन् । बाँकी ट्यांकर चालक र स्थानीय हुन् ।


प्रतिक्रिया दिनुहोस्