उपत्यकामा थप ५ दिन निषेधाज्ञा बढाउन स्थानिय तहको माग « Arthapath.com
७ असार २०८२, शनिबार

उपत्यकामा थप ५ दिन निषेधाज्ञा बढाउन स्थानिय तहको माग



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसंगै तीन वटै जिल्लामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा पनि कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । तर उपत्यकाका स्थानिय तहले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन माग गरेका छन् ।

उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा बढाउन माग गरेको हो । यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गते सम्म अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णय समेत गरेको हो । त्यस्तै कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण गर्न स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ ९सिआइसीटी० सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्