१४ दिनपछि सामान्य बिरामीलाई परीक्षण बिना घर पठाउन निर्देशन « Arthapath.com
१० भाद्र २०७७, बुधबार

१४ दिनपछि सामान्य बिरामीलाई परीक्षण बिना घर पठाउन निर्देशन



काठमाडौं । कोरोना भाईरस संक्रमण भएका सामान्य बिरामीलाई बिना परिक्षण घर पठाउनुपर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । कोरोना भाईरस संक्रमित भएका ब्यक्तिलाई अस्पतालले १४ दिनपुगेपछि घर पठाउनुपर्ने भएको छ ।

अस्पतालले संक्रमितलाई १४ दिनभन्दा बढि राखे मन्त्रालयले त्यसको खर्च नबहोरने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सामान्य अवस्थाका बिरामीलाई १४ दिनपुगेपछि बिना कुनै परीक्षण घर पठाउन अस्पताललाई निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोभिड–१९ को बिरामी व्यवस्थापनको सम्बन्धमा सम्पूर्ण कोभिड अस्पतालहरु र सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै सो कुरा अवगत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्