६४९ स्थानिय तहमा एमबीबीएस डक्टरसहित ५ सैयाको अस्पताल « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

६४९ स्थानिय तहमा एमबीबीएस डक्टरसहित ५ सैयाको अस्पताल



काठमाडौं । अव देशभरिका सबै स्थानिय तहमा एमबीबीएस डक्टरसहित ५ सैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका छन् । अस्पताल नभएका ६४९ तहमा ५ शैयाको अस्पतालको सेवा तत्कालै सुरू गरिने भएको हो ।

आवश्यक औजार र उपकारण खरिदका लागि शुक्रबार ६४ करोड निकासा भएको छ । यी अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुइर्एजना नर्स र अन्य स्वास्थ्यकर्मी हुने छन । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाइ नै दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्