सिन्धुपाल्चोकमा पहिरोमा विस्तापितहरुका बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल « Arthapath.com
१३ भाद्र २०७७, शनिबार

सिन्धुपाल्चोकमा पहिरोमा विस्तापितहरुका बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल



काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित भएकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवं अस्थायी बसोबासको प्रबन्धबारे जानकारी गराएको र जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यबस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा गर्ने कुरा भएको सचिवालयले दिएको जानकारीमा भनिएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक काम यथाशीघ्र अघि बढाइने बढाएका थिए ।


प्रतिक्रिया दिनुहोस्