आइतबार सुन तीन सयले घट्यो

काठमाडौं । आइतबार सुनको भाउ घटेको छ ।
आज सुन तोलामा ३ सयले घटेर सुत तोलामा छापावाल सुन ९६ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको सुनचाँदी महासंघले जानकारी दिएको छ ।शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ४ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ ।चाँदी १० रुपैयाले बढेर १३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।शुक्रबार चाँदीको मूल्य तोलाको १३ सय १० रुपैयाँ रहेको थियो ।