अफ्ठेरोमा प्रधानमन्त्री, खतिवडाको विकल्पमा ओलीको अर्थमन्त्री को ? « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

अफ्ठेरोमा प्रधानमन्त्री, खतिवडाको विकल्पमा ओलीको अर्थमन्त्री को ?



विष्णु तारुके

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजिनामा दिएपछि देश अर्थमन्त्री विहिन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनु अगावै अर्थमन्त्री डा. खतिवडालाई राजिनामा गर्न लगाएका छन ।

प्रधानमन्त्री ओली आफैले खतिवडाले सम्हाल्दै आएका अर्थ र संचार २ मन्त्रालय आफैले राखेका छन । अर्थमन्त्री खतिवडालाई निरन्तरता दिन नसकेपछि ओली कमजोर बनेको चर्चा बजारमा सर्वत्र छ ।

ओलीले खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिन खोजेका थिए । अन्तिम घडिसम्म पनि सांसद बनाउन नसकेपछि खतिवडा विदा भए भने ओलीका नयाँ अर्थमन्त्री को बन्ला भन्ने बारेमा चर्चा सुरु भएको छ । प्रम ओलीले आफ्ना विश्वासपात्रलाइनै अर्थमन्त्रीको जिम्मेवारी दिनेछन । ति पात्र को–को हुन भन्ने बारेमा बजारमा खोजी सुरु भएको छ ।

विहिबारको स्थायी कमिटि बैठकले पार्टी उपाध्यक्ष रहेका वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । सो निर्णय शुक्रबारै बसेको मन्त्रीपरिषद बैठकले गर्ने धेरैको अनुमान थियो तर ओलीले रात रहे अग्राख पलाउँछ भनेझै तत्काल पार्टी निर्णय कार्यन्वयनमा चासो दिएका छैनन ।

राष्ट्रियसभामा गएर वामदेवले उपप्रधानसहित अर्थ या रक्षा मन्त्रालयमा दावी गरेका छन । उता प्रम ओलीले वामदेवलाई भरसक मनाएर राष्ट्रियसभामै नल्याउने ल्याइहालेपनि चुनाव हारेकालाई मन्त्री बन्न कानुन अडचन देखाए पन्छाउने रणतिनीमा छन । बरु बामदेवको श्रीमती तुलशा थापामगरलाई मन्त्री बनाउने च्याँखे ओलीले थापेका छन । तर बामदेवले श्रीमतीलाई मन्त्री बनाएर चुप लाग्ने वाला छैनन् । २ वर्षपछि आउने प्रतिनिधिसभा निर्वाचनमा मन्त्री बनेर बजेट परिचालन गरी आफ्नो क्षेत्रमा राम्रो काम गर्ने र जसरी पनि चुनाव जित्नुपर्ने दवाव बामदेवमाथी छ ।

त्यसैले वामदेवले सितिमिती मन्त्री नखाई चुप लागेर बस्दैनन् । ओलीलाई अहिले बामदेव ‘खाउँ भने दिनभरीको शिकार नखाउँभने…….’ भएको छ । वामदेवलाई मन्त्री बनाउँदा उपप्रधान सहित गृह कि अर्थ दिनुपर्ने हुन्छ । गृह दिँदा हालका गृहमन्त्री बादलले आफ्नो साथ छोड्ने निष्चत छ । त्यै भएले पनि ओलीलाई सताएको छ । उता बामदेवलाई उपप्रधानमन्त्री दिँदा ईश्वर पोखरेललाई हटाउनुपर्ने हुन्छ । पोखरेले सचिवालयमा संकटको बेलामा सिंगल साथ दिएकाले पोखरेललाई चिढ्याइहाल्न पनि ओलीलाई सहज छैन । बामदेवलाई सरकारमा ल्याएमा ‘भर’ नभएका बामदेव आफ्नो सारथी बन्ने निष्चत पनि छैन । दुई सचिवालय सदस्यलाई चिढ्याएर बामदेवलाई मन्त्री बनाउने मुडमा ओली छैनन् ।

को बन्छ अर्थमन्त्री ?

भावी अर्थमन्त्रीको कुर्सीमा को पुग्ला भन्ने आँकलन गर्न कठिन भएको छ । ओलीले आफ्ना विश्वासपात्र डा. खतिवडालाईनै चोर बाटोबाट भएपनि अर्थमन्त्री बनाउन चाहन्छन् । तर पार्टीको कार्यदलको प्रतिवेदन विपरित पार्टी निर्णय तगारो बन्ने संभावना छ ।

पार्टीले मन्त्रीको नाम र जिम्मेवारीनै तोकेर दिने तयारी गरेपछि ओलीले नाम दिने पार्टीको काम जिम्मेवारी दिने आफ्नो काम भनिसकेका छन । अझै राष्ट्रियसभामा १ सिट खालि गराएर भएपनि युवराज खतिवडालाई लैजाने पहिलो प्रयास अझै रहनेछ । खतिवडालाई राष्ट्रियसभमा लैजान नसके पुन ः ६ महिने अर्थमन्त्री बनाउन सकिने छ ।

खतिवडाको विकल्पमा ओलीले अर्थ मन्त्रालय आफैसँग राखेर खतिवडालाई अर्थिक सल्लाहाकार बनाएर चलाउन सक्ने अडकल पनि बजारमा छ । ओलीले खतिओडा बाहेकबाट अर्थमन्त्री बनाउने अवस्था आएमा आफ्ना निकटमा रहेका पार्टी महासचिव विष्णु पौडेल, हाल परराष्ट्रमन्त्री रहेका प्रदिप ज्ञावालीको संभावना रहेको छ । परराष्ट्रबाट ल्याएर ज्ञावलीलाई अर्थमन्त्रीको जिम्मेवारी दिने चर्चा बजारमा सर्वत्र छ ।

त्यसैगरी ओलीले माधव नेपाललाई रिझाउन पार्टी स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेलाई दिने संभावना पनि त्यत्तिकै रहेको छ । पाण्डे नेपाल निकट रहेपनि आमफ्नो क्याम्पमा ल्याएर मन्त्री दिने प्रयास ओलीले गरिरहेका छन ।


प्रतिक्रिया दिनुहोस्