पर्यटन क्षेत्र इतिहासमा २०२० सबैभन्दा नकारात्मक वर्ष « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

पर्यटन क्षेत्र इतिहासमा २०२० सबैभन्दा नकारात्मक वर्ष



काठमाडौं । नेपाल आर्थीक पत्रकार समाज ‘सेजनले अर्थनीति बहस’ अन्तर्गत पर्यटनको सम्भावना विषयमा भर्चुअर्ल अन्तर्क्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले केही वर्षदेखि आशालाग्दो रुपमा फष्टाएको पर्यटन क्षेत्र अहिले सबैभन्दा बढी प्रभावीत भएको बताएका छन ।

प्रचण्डमान श्रेष्ठ

उनले पर्यटनको इतिहासमा २०२० हालसम्मकै सबैभन्दा बढी नकारात्मक अषर परेको बर्ष भएको बताए । कोरोनाको डर त छ नै यो संगै अब फेरी पर्यटन क्षेत्रलाई कसरी पहिलाकै अवस्थामा ल्याउनको लागी सबै क्षेत्रबाट सुरक्षात्मक रुपले प्रचार प्रसार गनुपर्ने बताएका छन । कोरोनाको असर २०२० मा पर्यो नै यसको असर २०२१ मा पनि पर्ने सक्ने भएकाले अब नितिगत रुपमा अन्य देशले गरेको हेरेर भएपनी अब अर्को वर्ष सफल पर्यटन वर्ष बनाउनु पर्ने उनले बताए ।

प्रचण्डमानले अब आउने पर्यटन वर्षलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी, र सरकारले चालेका कदमको सम्प्रेषण वा प्रचार प्रसार गर्नु पर्ने बताएका छन । विश्वभर नै कोरोनाको महामारी भएपनि अन्य देशले भर्चुअर्ल टुर जस्ता कार्यक्रम ल्याएकाले नेपालले पनि तेस्ता केही आर्कषर्ण गराउने कार्यक्रम ल्याउनु पर्ने सरोकार वालाहरुले बताएका छन ।

नेपालमा ६६ वर्ष अगाडी सुरु भएको पर्यटन क्षेत्रमा सन २००४ को द्वन्द्वकालको समय भन्दा अगाडी ५ लाखमा पुगेको पर्यटकको संख्या १–२ वर्षमा साढे २ लाखमा झरेकोले अब पर्यटन क्षेत्र कसरी अगाडी बढाउने भन्ने बारेमा पनी सोच्नु पर्ने पर्यटन वर्षका पुर्व संयोजक योगेन्द्र शाक्यले बताए । २०१९ मा १२ लाख पर्यटन नेपाल आए भने अब फेरी पनि १२ लाख पर्यटन हुनको लागी ४–५ वर्ष लाग्ने उनले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्