मंगलबार सुन तोलामा ३ सयले घट्यो

काठमाडौं । सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार ३ सयले घटेको छ ।
आज सुन ३ सय रुपैयाँ तोलामा घटेर छापावाला सुन तोलामा ९५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ रहेको छ ।
यसअघि आइतबार छापावाल सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपैयाँ रहेको छ ।