शुक्रबार सुन तोलामा ४ सयले बढ्यो « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

शुक्रबार सुन तोलामा ४ सयले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ४ सयले बढेर ९७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो बिहीबार सुन तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहीबार एक हजार ३ सय २० मा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर एक हजार ३ सय ३० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्