मंगलबार सुन तोलामा ४ सयले बढ्यो, चाँदी २५ रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य तोलामा ४ सयले बढेको छ ।
आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ । हिजो सुन स्थिर रहेर ९३ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै गरी आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चादी तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी २५ रुपैयाले बढेको हो ।