मंगलबार सुन तोलामा ८ सयले बढ्यो, चाँदीमा पनी २० रुपैँयाले बुद्धि

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुन चाँदीको मुल्यमा बढेको छ ।
आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य तोलामा २० रुपैयाले बढेर तोलाको १२ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।