मुख्यमन्त्री पोखरेलले भने भालुवाङ पनि मेरो घरबाट टाढै पर्छ, गौरव गर्न लायक प्रदेश बनाउने अठोट « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

मुख्यमन्त्री पोखरेलले भने भालुवाङ पनि मेरो घरबाट टाढै पर्छ, गौरव गर्न लायक प्रदेश बनाउने अठोट



काठमाडौं । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो घरछेउमै प्रदेशको राजधानी नलगेको बताएका छन । बुटवलबाट जति टाढा पर्छ मेरो घरबाट पनि त्यतिनै पर्छ भन्दै पोखरेलले भने प्रदेशका सबै भुगोल हेरेर भालुवाङ लगिएको बताए ।

मुख्यमन्त्री पोखरेलले ५ नंबर प्रदेशमा पर्ने ३ ओटा साविकका अञ्चल लुम्बिनी, राप्ती र भेरीको केन्द्रविन्दु बागलुङको भालुवाङलाई राजधानी बनाउन लागेको बताए । प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले भने अव प्रदेश ५ को राजधानी गर्व गर्न लाय बनाउँछु ।

उनले घुमाउरो पाराले बुटवल आफै विकास भएको क्षेत्र भएको भन्दै अन्य क्षेत्रको विकासको लागी पनि प्रदेश राजधानी सार्नुपरेको बताए । प्रदेशभित्रका १२ वटै जिल्लाको जनतालाई पायकपर्ने ठाउमा राजधानी पुगेको बताए । उनले भैरहवा र बुटवललाई वित्तिय राजधानी बनाउने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्