बानेश्वरमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

बानेश्वरमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार



काठमाडौं । मध्य बानेश्वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्रबहादुर गुरुङले बोकेकै खुकुरी झिकेर अपरिचित व्यक्तिले प्रहार गरेको र सुरक्षा गार्ड लडेका बेला खुकुरी प्रहार गर्ने व्यतिm फरार भएको बैंकले जनाएको छ ।

खुकुरी प्रहारबाट सुरक्षा गार्डको हातमा चोट लागेको र उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ ।खुकुरी प्रहार गर्ने व्यतिm बा ६८प २०५८ नम्बरको स्कुटरमा आएका अनुसन्धानबाट ख्लेको छ । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएको थियो । तेहीबेला सुरक्षा गार्डकै खुकुरी झिकेर प्रहार गरिएको खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्