इतिहासका असफलता र असक्षमताका कारण वर्तमान गाली खानु पर्योः कृषिमन्त्री « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

इतिहासका असफलता र असक्षमताका कारण वर्तमान गाली खानु पर्योः कृषिमन्त्री



काठमाडौं । इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु परिरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले बताएका छन् । तर गालीबाट विचलित नभइ अघि बढ्नुको विकल्प नरहेको उनले बताए । ४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भने ‘इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु परिरहेको छ, तर गालीबाट विचलित नभइ अघि बढ्नुको विकल्प छैन, ।’

रासायनिक मल आयातको वर्तमान प्रणाली गतिलो र पारदर्शी नभएको मन्त्री भुसालको भनाइ छ । मल वितरणका अपारदर्शी कार्यहरु बन्द गरिएको र अब पारदर्शी ढंगबाट मल वितरण गरिने उनले बताए ।

उनले शिवजी र ब्रम्हाजी आएपनि तुरुन्तै ५ लाख मेट्रिकटन मल ल्याउन नसकिने बताए । मन्त्री भएर आएपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग राय सुझावका लागि ८ सयभन्दा बढीसँग भेट गरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्