नेकपा विवादस् मन्त्रिपरिषद् पुनर्गठनको चर्चाबारे कर्णालीका मुख्ममन्त्री भन्छन्, “आन्तरिक तयारीमा छु”

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्री हटाउने चर्चाले बिहानैदेखि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपामा हलचल मच्चाएको छ ।
शाहीको मन्त्रिपरिषद्का सदस्यहरू सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री नन्दसिंह बुढा प्रधानमन्त्री ओली पक्षका हुन ।
मन्त्री रावलले बिहान फेसबुकमार्फत आफूहरू हटाइन लागेको सङ्केत दिएका थिए, पछि उनले उक्त पोस्ट हटाए ।
मुख्यमन्त्रीले ओली पक्षीय दुई मन्त्री हटाउँदै वरिष्ठ नेता माधव नेपाल पक्षकालाई मन्त्री बनाउने सङ्केत मन्त्रीहरूलाई समेत दिइसकेको बताइएको थियो ।
बीबीसीसँगको संक्षिप्त कुराकानीमा मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल कहिले हेरफेर गर्न लागिएको हो भन्नेबारे केही खुलाएनन्।
उनले भने, ूमन्त्रिपरिषद् पुनर्गठनबारे आन्तरिक तयारीमा छु ।
पुनर्गठन आज नहुने भयो?
तर नेकपाको उच्च स्रोतले बीबीसीलाई बताए अनुसार मन्त्रिपरिषद् पुनर्गठन आजै हुने सम्भावना करिब अन्त्य भएको छ ।
पुनर्गठनको चर्चाले केन्द्रीय तहका नेताहरूलाई सहमतिको निम्ति दबाव महसुस भएर मुख्यमन्त्रीले नेकपाभित्र ठूलै बिग्रह उत्पन्न हुन सक्ने जोखिम अस्थायी रूपमा टार्न खोजेको ती नेताको बुझाइ छ ।
कर्णाली विवादबारे प्रधानमन्त्री सचिवालयको नोट प्रचण्ड सचिवालयद्वारा खण्डन
नेपालमा पहिलो पटक मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कर्णालीमा आफू पक्षका मन्त्री हटाइए कडा परिणामको सामना गर्नुपर्ने चेतावनी यसअघि दिँदै आएका छन्।
उनले बीबीसीसँग भनेका थिए, ूउहाँ बहुमत, जनमत वा योग्यताका हिसाबले मुख्यमन्त्री बन्नु भएको होइन। सहमतिको जगमा उभिएर बन्नु भएको हो। सहमतिको बाटो छोडेपछि उहाँ दुर्घटनामा पर्ने अवश्यम्भावी हुन्छ।ूू
मुख्यमन्त्रीविरुद्ध केही पूर्वमाओवादी सहित नेपाल र ओली पक्षका प्रदेश सभाका सदस्यले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि त्यहाँ विवाद चर्किएको थियो।
प्रचण्ड र ओली
केहीलाई मन्त्री बनाउने सहमतिपछि अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षीय सदस्यहरूले मुख्यमन्त्रीलाई साथ दिएको बताइएको थियो।
कर्णालीका मुख्यमन्त्रीविरुद्धको ुअविश्वास प्रस्ताव असफलु भएको दाबी
कर्णालीमा ओली र प्रचण्डद्वारा संयुक्त हस्तक्षेप, विवादित पक्ष काठमाण्डू डाकिए
त्यससँगै प्रधानमन्त्री पक्षीय प्रमुख सचेतक हटाएका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव संसदीय दलमा विफल भइसकेको छ।
मुख्यमन्त्रीको तयारी के हो?
आफूहरूसँगको सहमति अनुसार मन्त्री नियुक्त गर्न मुख्यमन्त्रीमाथि नेता नेपाल पक्षको चर्को दबाव रहेको बताइन्छ।
तर मुख्यमन्त्रीले मन्त्रिपरिषद्मा नेपाल पक्षका नेता थप गर्दैमा संसदमा बहुमत पुग्ने(नपुग्ने कुरा सुनिश्चित गर्न चाहेको बुझाइ एक नेताको छ।
ती नेताका भनाइमा विपक्षी दलहरूसँग मिलेर प्रधानमन्त्री ओली पक्षका सांसदहरूले संसद्मै अविश्वास प्रस्ताव ल्याउन सक्ने जोखिम बाँकी रहेकाले मुख्यमन्त्रीले त्यो कुरा बिचार गरिरहेका हुनसक्छन् किन कि पूर्व माओवादीका केही सांसद समेत अविश्वास प्रस्तावको पक्षमा अडिग रहेको बताइन्छ । बिबिसीबाट