प्रधानमन्त्रीले पार्टी फुटाउन सक्ने आशंकापछि कानुन व्यावसायीसंग परामर्श गरेर बालुवाटार छिरे प्रचण्ड « Arthapath.com
२० कार्तिक २०७७, बिहीबार

प्रधानमन्त्रीले पार्टी फुटाउन सक्ने आशंकापछि कानुन व्यावसायीसंग परामर्श गरेर बालुवाटार छिरे प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने संभावित कदमबारे कानुन व्यावसायीसंग नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले परामर्श गरेका छन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग बिहीबार छलफल गरेका छन ।

कानुन व्यवसायीसंगको परामर्श पछि प्रचण्ड सिधै बालुवाटार छिरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सक्ने संभावनालगायत विषयमा कानुनव्यवसायीसंग परामर्श गरेका थिए । प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने, पार्टी फुटाउनसक्ने लगायत विषयमा प्रचण्ड र नेपालले छलफल गरेका थिए ।

पेरिस डाँडामा कानुन व्यावसायीसंग परामर्श गरे लगत्यै प्रचण्ड बालुवाटार प्रवेश गरेका छन । प्रचण्डले प्रधानमन्त्रीसंग छलफल गर्नेछन । पार्टीमा देखिएको विवादले पार्टी फुट्ने चर्चा संगै दुई नेताको वार्ता हुन सकेको थिएन ।

प्रचण्डले प्रधानमन्त्री पद मागेपछि ओलीले आफ्नो बाटो लागौं भन्ने अभिव्यक्ती दिएपछि प्रचण्ड झस्किएका थिए ।


प्रतिक्रिया दिनुहोस्