पोखरा पर्यटन परिषद्को अध्यक्षमा भट्टराई, पर्यटन क्षेत्रलाई चलायमान बनाउने « Arthapath.com
१३ मंसिर २०७७, शनिबार

पोखरा पर्यटन परिषद्को अध्यक्षमा भट्टराई, पर्यटन क्षेत्रलाई चलायमान बनाउने



काठमाडौं । पोखरा पर्यटन परिषद्का् अध्यक्षमा भट्टराई सर्वसम्तले निर्वाचित भएका छन् । पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित भएका हुन् ।

११ औं अधिबेशन शुक्रबार सम्पन्न भएको थियो । त्यस्तै, उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले र सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका हुन् । तर, बाँकी दुई सदस्य कार्यसमितिले चयन गर्ने बताइएको छ । परिषद्मा पोखराका पर्यटन क्षेत्रसँग सम्बद्ध १२ वटा संस्था आवद्ध छन् ।

कोरोना महामारीले पछिल्लो समय कोरोना भाइरसले ग्रस्त पर्यटन क्षेत्रलाई चलायमान बनाउने नव निर्वाचित अध्यक्ष भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस्