महासंघको निर्वाचनः वस्तुगत उपाध्यक्षमा प्रधान समूहबाट अञ्जन श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ निर्वाचित भएक छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतले पराजित गरेका हुन् । वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अन्जन श्रेष्ठ भिडेका थिए । अन्जनले ६२ मत ल्याउँदा उमेश ३७ मतमा सीमित भए ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको मतगणना सम्पन्न भएको छ । जसमा १४ जनामा ७ जना किशोर प्रधानको प्यानलबाट र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् ।
प्रधान समुहबाट अरनिको राजभण्डारी, भत्तबहादुर हमाल, मनिषलाल प्रधान, मिनमान श्रेष्ठ, सन्दिप अग्रवाल, शकुन्तलाल हिराचन र बिष्णु गैरेले प्रधान समुहबाट निर्वाचन जितृका छन् भने ढकाल समुहबाट नरेशलाल श्रेष्ठ, प्रकाशसिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता, आकार अधिकारी, सुमितकुमार केडिया, गोविन्द ढुंगेल विजयी भएका छन् ।